Logo

१७ काठमाडौं । लामो, कालो, मुलायम कपाल बनाउने धेरैको चाहना हुन्छ । अझ भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ । राम्रो देखिन सबै महिला, युवतीहरुलाई मन लाग्छ त्यसैले कपाललाई स्वस्थ राख्न जरुरी मानिन्छ । बलियो, राम्रो र लामो बनाउनका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गर्छन् ।

यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल बढ्नुको साटो उल्टै झर्ने समस्या थपिन सक्छ । धेरै जसो मानिसहरु कपालको समस्यालाई लिएर चिन्तामा हुन्छन् । आज हामी तपाईलाई केही तरीकाहरु भन्नेछौं जसले गर्दा तपाईको कपाललाई बलियो र राम्रो बनाउँछ । सन्तुलित खाना, तेलको मालिस, उचित रेखदेख जस्ता कुराहरुले कपाललाई स्वस्थ राख्न सकिन्छ ।
यसरी राख्नुस आफ्नो कपाललाई स्वस्थ :

१. कपाललाई स्वास्थ राख्नको लागी चिसो पानीले नुहाउनु पर्दछ । सल्फेट फ्री र पीएच सन्तुलित स्याम्फू प्रयोग गर्नुहोस् । फराकिलो दाँत भएको काइयोले कपाल कोर्नुहोस् र भिजेको चिसो कपालमा काइयोले नकोर्नुहोस् ।

२. सुख्खा कपाललाई राम्रो र सिल्की बनाउन कन्डिस्नर प्रयोग गर्नुपर्छ । यसको लागि हाम्रो घरमा पाइने सामाग्रीहरु प्रयोग गर्न सकिन्छ । जसमा अण्डा को पहेंलो भाग र मह सबैभन्दा उपयुक्त हुन्छ । कपाललाई प्राकृतिक रुपमा सिल्की बनाउनको लागि २÷३ वटा अण्डाको पहेंलो भाग र महको को मिश्रण लाई १५÷२० मिनेटको लागि लगाउनुस् र सफा पानीले धुनुहोस् ।

३. तेल आउने र चिपचिप हुने कपालको लागि नुहाउनु भन्दा पहिला कपालमा भिनेगर लगाउनाले कपालमा भएको तेल अर्थात चिपचिप हराएर जान्छ ।

४. कपालमा चायाँ पर्नु पनि एउटा ठुलो समस्या हो । जसले टाउको चिलाउने हुन्छ । यसको नियन्त्रणको लागि कागती भिनेगर अमला र मह जस्ता कुराहरुलाई प्रयोग गर्न सकिन्छ ।

५. यदि तपाईको कपाल झरिरहन्छ भने कपालमा प्याजको रस, अदुवाको रस, अंरडीको तेल प्रयोग गर्दा कपाल झर्ने समस्याबाट छुटकरा पाउनु हुनेछ । सातामा दुई तीन पटक प्याजको रस टाउकोमा लगाउनाले पनि कपाल झर्न रोकिन्छ ।
६. कपाललाई स्वस्थ बनाउनको लागी सन्तुलित भोजनको सेवन गर्ने प्रोटीनयुक्त, बोसो कम भएका र कम कार्बोहाइड्रेट भएका खानेकुराहरु खाने । कपाल स्वास्थ बनाउनको लागी पालुङ्गोको साग, स्याउ, अनार खानुपर्दछ ।


सम्बन्धित समाचार