Logo

२९ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बारामा भिक्टिम रेस्पोन्स टिम गठन भएको छ । प्रहरी कार्यालय बिचौलिया मुक्त बनाउन र सर्वसाधारणको प्रहरीकोमा सजिलै पहुच होस् भन्ने उदेश्यले भिक्टिम रेस्पोन्स टिम गठन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो ।

उक्त टिमले जिल्ला प्रहरी कार्यालय बारामा बिभिन्न काम विशेषले आउने सेवाग्राहीहरुलाई सम्बन्धित शाखामा पु¥याउने लगायत सेवाग्राहीको काम छिटो, छरितो र बिचौलिया रहित प्रहरी सेवा प्रदान गर्ने रहेको उहाँले बताउनुभयो ।

दलित, महिला, सशक्त र बृद्धहरु जिल्ला प्रहरी कार्यालय बारामा आएमा उहाँहरुलाई सम्बन्धित फाँटमा पुर्याउने लगायत उहाँहरुको समस्या बुझेर छलफल गराउने कार्य गर्ने उहाँले बताउनुभयो ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा सात जनाको टोली बनाउने योजना रहेकोमा हाल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनाको टोली बनाएर सो टिम गठन गरिएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।


सम्बन्धित समाचार