Logo

१ जेठ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षक र कर्मचारीहरुले बार्षिक रुपमा करार नबिकरण गराउँनुपर्ने भएपछि त्रसित भएका छन् ।सामुदायिक बिद्यालयमा कार्यरत करार,राहत ,बालबिकास र कर्मचारीहरु डेलिगेसन गई नगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।उनीहरुले ज्ञापन पत्रमा ९ वटा बुँदाहरु सम्बोधनको माग गरेका छन् ।

बिद्यालय ब्यस्थापन समितीको निणर्य अनुसार सम्बन्धित बिद्यालयको प्रधानध्यापकले एक बर्षसम्मकोलागि करार,राहत ,बालबिकास र कर्मचारीहरुको म्याद थप गर्न सक्ने प्रावधान उपमहानगरपालिकाले राखेको छ ।नगरपालिकाको यस्तो निणर्यले जागिर बचाउँन राजनैतिक दलको झोला बोक्ने प्रबृत्तीको बिकास गर्ने शिक्षक शम्भु मण्डलले बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा बिकासमा आफुहरुको पनि लामो समयको योग्दान रहेकाले त्यसको सम्बोधन गरी आफुहरुको जागिरको सुरक्षा हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । बिद्यार्थीलाई पाँच बर्षसम्म यस्तो हिसाबले पढाउँछु ,बिद्यालयलाई यहाँ सम्म पुरयाउँछु भन्ने लक्ष्य राखेर हिड्ने गरेकाले उपमहानगरपालिकाको यस्तो निणर्यले प्रतिकुल असर परि आफुहरुको मनोबल घटाएको बताएका छन् ।

यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेलले नगर स्तरीय कक्षा ८ को परिक्षाले हाम्रो बिद्यार्थी र शिक्षकहरु कुन स्थानमा छौँ देखाईसकेकाले यसलाई सुधार्नुपर्ने नितान्त आवश्यक भएको बताउँनुभयो । अहिलेको नगरको शिक्षाको अवस्थाले आफुहरुलाई गिज्याईरहेका कारण बिद्यालय ब्यवस्थापन समिती ,शिक्षक र जनप्रतिनिधि आपसी समन्यवयबाट शिक्षाको अवस्थामा परिवर्तन गरी अघि बढ्नुपर्ने सल्लाह दिनुभयो ।

वडा नं.१६ स्थित श्री जनजागृती माध्यमिक बिद्यालय सखुवाघाटले १५ जना शिक्षक र कर्मचारीहरुको एक बर्ष सेवा अवधि थप गरेको छ ।नगर प्रमुख राजन पौडेलले कानुन तथा ऐन बिपरित कार्य गर्ने शिक्षक वा कर्मचारीलाई जुनसुकै बेला पनि हटाउँन सक्ने नियम भएको बताउँनुभयो । गल्तीबिना यदी कसैले हटाएको खण्डमा जीतपुरसिमरा उपमहानगरपालिका तपाईहरुको साथमा रहने आश्वसत पार्नुभएको थियो ।

नगरको शिक्षालाई सुधार गरी चलायमान बनाउँन उपमहानगरपालिकाले शिक्षाको हरेक पक्षसँग कार्यसम्पादन करार गरी अघि बढ्ने बताउँनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा ऐन अनुसार वडा अध्यक्ष वा वडा अध्यक्षले तोकेको ब्यक्ति बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष बन्ने प्रावधान छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सामुदायिक बिद्यालयहरुमा ४ सय ५ जना करारका शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन् ।


सम्बन्धित समाचार