Logo

२ जेठ,बारा ।जीतपुरसिमरा उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त बनाउँने अभियान सुरु गरेको छ । कमिसन मागेको आरोप लागेका सामाजिक बिकास शाखाका कर्मचारी हरिकिशोर साहलाई नगर प्रमुख राजन पौडेलले अधिकृतहरुको माझमा राखेर स्पष्टिकरण सोधेका थिए । उनले रिसले चुर हुँदैँ अब देखि उनको अनुहार नगरपालिकाको समाजिक शाखाको कुर्सिमा हेर्न नपरोस भन्दै आक्रोसित भएका थिए ।

वडा नं.२० मा सरुवा हुँदा किन जानुभएन कुन पक्षले रोकि राखेको छ, नगरपालिका सेटिङ्गमा चलाउँन खोज्ने तपाई , भन्दै नगर प्रमुख पौडेल रिसले आगो भए । नगर प्रमुख पौडेलले आफुहरु निर्वाचित भएर आउँनुभन्दा अगाडि देखि नै समाजिक बिकास शाखामा रहेका हरिकिशोरले बिभिन्न कार्यक्रमको भुक्तानीमा कमिसन स्वरुप रकम लिदैँ आएको कुरा सुन्दै आएको तर प्रमाण नहुँदा केही गर्न नसकेको बताएका थिए ।

साईक्लोजिस्ट तथा अधिबक्ता खिमा रिजालले किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको र मेन्टल हेल्थ अवरनेसको कार्यआदेश लिन आउँने क्रममा साहले आफुसँग १० प्रतिशत कमिशन रकम माग गरेको बताउँनुभयो । समाजिक बिकास शाखाको कार्यकक्षमा कार्यालय समयमा खुल्यामा लेखालाई पाँच प्रतिशत र आफनो शाखालाई पाँच प्रतिशत रकम माग गरेपछि आफु अचम्मित भएको रिजालले बताउँनुभयोे ।

त्यसलगतै आफुले त्यसको जानकारी मेयर सापको स्वकियलाई दिएको उहाँले जानकारीदिनुभयो । यता समाजिक बिकास शाखाका हरिकिशोर साहले आफुले कसैसँग कमिसन रकम नमानेको बताएका छन् । उनले कार्यक्रम अनुगमन गरेबापत अनुगमन भत्ता मात्र मागेको बताएका छन् ।

नगर प्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न योजना तथा कार्यक्रम सञ्चालन पश्चात त्यसको भुक्तानीमा कसैले कमिसन मागेमा आफुलाई प्रत्यक्ष भेटेर वा मोबाईल सम्पर्क गरेर गुनासो गर्न सक्ने बताएका छन् । लिखित वा मौखिक गुनासो गर्ने ब्यक्तिको नाम उसले चाहेको खण्डमा गोप्य राखिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।मापदण्ड भित्र रहेर गुणस्तरीय रुपमा योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न नगर प्रमुख पौडेलले सबैलाई आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार