Logo

७ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।७ जीतपुर निवासी समाजसेवी राजुराज गिरीले पत्रकार सम्मेलन गरी शान्ति ,सुरक्षाको माग गर्नुभएको छ । उहाँले बहालवाला वडा अध्यक्ष सुनिल गुप्ता लगायत उनीहरुको गुण्डासँग आफुहरु असुरक्षाको महसुस गरिरहेको आरोप लगाउँनुभएको छ ।

आफुहरु जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी उजुरी दिँदा पनि प्रहरी मुखदर्शक भई बसेको बताउँनुभयो । गत स्थानीय तहको निर्वाचनमा लोसपाको तर्फबाट वडा अध्यक्षमा उमेदवार भई निकटम प्रतिस्पर्धी रहेका गिरीले वडा अध्यक्ष गुप्ताले जेसिबि प्रयोग गरेर आफ्नो घर भत्काउने प्रयास गरेको तर घर भत्काउन नसकेपछि घर अगाडीको मुल ढोकामा खाल्डो पारेको आरोप लगाउनु भयो ।

आफ्नो कुरा निधक्क राख्न सक्नेलाई समेत जिल्ला प्रहरी कार्यालयबाट न्याय पाउँन यती मुस्किल छ भने सर्बसधारणहरुले कसरी न्याय पाईरहेका होलान् गिरीले स्थानीय प्रहरीको नियत माथि प्रश्न उठाएका छन् ।

उनले वडा अध्यक्ष गुप्ताले चुनावमा असहयोग गर्ने वा उनका नराम्रो कुराहरु उजागर गर्नेसँग राजनैतिक प्रतिशोध साँधिरहेको बताउँनुभएको छ । यता वडा अध्यक्ष सुनिल गुप्ताले राजुराज गिरीले लगाएको आरोपहरुमा कुनै सत्यता नभएको बताउँनुभएको छ ।

बिकास निर्माणमा अवरोध गरेर राजुराज गिरीको परिवार पक्षले राजनैतिक प्रतिशोध साँधेको बताउनु भयो । उहाँले स्कुल र गिरीको जग्गा छुटाउँन गएका अमिनलाई जग्गा नाप्नमा अवरोध सिर्जना गरेको बताउँनुभयो ।

वडा अध्यक्ष गुप्ताले पुर्ब सुचना अनुसार नै जग्गा नापी गर्न नदिएको ,समन्वय नगर्नु र झन मसँग भयभित भई प्रहरीसँग शान्ति ,सुरक्षा माग्नुमा कुनै तुक नभएको जिकिर गर्नुभयो । आफुले राजनैतिक प्रतिशोधको आधारमा कसैको काम नगरिदिएको वा दुख दिएको कुनै प्रमाण भएमा प्रमाण सहित आउँन अनुरोध गरे ।

वडा अध्यक्ष गुप्ताले अहिलेसम्म आफ्नो कुर्सिमा एउटा पनि त्यस्तो कागज नहोला कि मैले सिफारिस गरिदिएको ,मेलै आवश्यक कागजात सहित आउँने ब्यक्तिहरुलाई तुरन्तै काम गरेर फर्काईदिने गरेको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार