Logo

९ जेठ,वीरगञ्ज । रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मौलापुरको पतौरा निवासी ३५ वर्षीय प्रतिमा देवीको मृत्यु भएको हो ।

गाँउ छेउकै गोठनजिको ट्युबेलमा पानी भर्ने क्रममा आज बिहान एक्कासी आएको हावाहुरीसँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ चट्याङ लागेर प्रतिमाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको छ ।

 


सम्बन्धित समाचार