Logo

३१ जेठ,काठमाडौं । कर बढेपछि भारतबाट आलु, प्याजलगायत तरकारी आयात गर्न बन्द गरेको नेपालका व्यापारीले मंगलबार बताएका छन् । उनीहरूले १३ प्रतिशत भ्याट तिरेर आयात नगर्ने बताएका छन् ।
गत महिना नेपाल सरकारले भारतबाट आउने यी सामानमा १३ प्रतिशत भ्याट लगाएको थियो ।

नेपाल सरकारको यो कदमको प्रतिपक्षी दलले कडा विरोध गर्दै न्यून आय भएका परिवारले यसबाट निकै सास्ती खेप्नु पर्ने र पहिले नै आकासिएको महंगी अझै बढ्न सक्ने बताएको छ ।
संसदमा पेश भएको आर्थिक विधेयक अनुसार प्याज, आलु, अन्य तरकारी तथा फलफूलको आयातमा अब १३ प्रतिशत भ्याट लाग्ने भएको छ ।

स्वदेशी किसानलाई फाइदा पुग्ने गरी यो कदम चालिएको सरकारको भनाइ छ । गत वर्ष नेपालले भारतबाट १ लाख ७३ हजार ८२९ टन प्याज आयात गरेको थियो ।


सम्बन्धित समाचार