Logo

१२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीले कार्यालय भित्र निर्भयता पूर्वक काम गर्ने वातावरण नभएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

महानगरमा क्रियाशिल तीन वटा कर्मचारी संगठनले आज सयुक्त विज्ञप्ती जारी गरी राजनीतिक बिषयसँग जोडिएका मुद्धालाई राजनीतिक रुपमा हल नगरी कर्मचारीलाई निशाना बनाउनेगरी भएका अवान्छित क्रियाकलाप तत्काल बन्द नगरे अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रने जनाएका छन् ।

वीरगञ्ज महानगरपालिकाको १२ औं नगर अधिवेशनबाट पारित बजेट कार्यान्वनको सन्दर्भमा तोकिएको शिर्षक अन्तरगत तोकिएको काममा खर्च गर्नुपर्ने कानूनी व्यवस्था विपरित योजना र बजेट माग गरेर शाखा शाखामा गई हुलहुज्जत गर्ने, अवान्छित कार्य गर्न दवाव दिने र अनावश्य भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य प्रति कर्मचारी संगठनले घोर भत्र्सना गरेका छन् ।

स्थानीय तह कर्मचारी संघ इकाई समिति वीरगञ्जका अध्यक्ष मुकेश गुप्ता, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई कमिटि वीरगञ्जका अध्यक्ष मनोज कर्ण र स्थानीय तह कर्मचारी युनियन पर्सा जिल्लाका अध्यक्ष घनश्याम प्रसाद कुर्मीले आज सयुक्त विज्ञप्ती जारी गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारी माथि भइरहेको अभद्र क्रियाकलाप तुरुन्त वन्द गर्न चेतावनी दिएका छन् ।

चालु आर्थिक बर्षको अन्तिम चरणमा रहेका र यो आर्थिक बर्षमा भए गरेका विकाश निर्माणको कामको स्थलगत अनुगमन गरी तोकिएको शिर्षकमा योजना सम्पन्न गर्नुपर्ने दायित्वबाट कर्मचारीलाई विचलित बनाउने उदेश्ले राजनीतिक दलको आवरणमा हुने अराजनीतिक तथा अपराधीक क्रियाकला रोक्न सम्पूण पक्षसँग अपिल गरिएको छ ।

विभिन्न स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरुले महानगरको कार्यालय र फिल्डमा जाने कर्मचारीलाई दुव्र्यवहार गर्न खोजेको हुदा काम गर्ने वातावरण नभएको भन्दै नगर प्रमुख राजेशमान सिंह समक्ष कर्मचारीले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्र्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले वडा नं. १ मा विकाश निर्माणको कामको अनुगमन गर्न गएको समयमा केही व्यक्तिहरुले अभद्र व्यवहार गर्न खोजेको र कार्यालयमा समेत अनावश्यक भिड जम्मा गरेर मानसिक तनाव दिन खोजेका थिए । सोही विषयलाई लिएर आज कर्मचारी सम्बद्र्ध तीनवटा संगठनले सयुक्त विज्ञप्ती जारी गरका हुन ।


सम्बन्धित समाचार