Logo

२२ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हरिखेतान बहुमुखी क्याम्पसलाई मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउन निर्देशन दिएको छ । नाला माथि क्याम्पस निर्माण गरिएको संरचनाले नाला सफाईमा अवरोध भएको भन्दै महानगरले उक्त संरचना हटाउन क्याम्पसलाई निर्देशन दिएको हो ।

जिल्ला हुलाक कार्यालय देखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचनामा डोजर चलाउदैँ सफाई गर्ने कार्यलाई आजपनि निरन्तरता दिएको छ । हरिखेतान क्याम्पस पछाडीसम्मको संरचनामा सफाई गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अवरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन महानगरले आज क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो ।

नाला अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन पटक पटक आग्रह गर्दा समेत क्याम्पसले बेवास्ता गरेपछि महानगरको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया नेतृत्वमा गएको टोलीले उक्त संरचना हटाउन तत्काल निर्देशन दिईएको महानगरले जनाएको छ ।

क्याम्पस संचालक समितिका सुनिल खेतान र क्याम्पस प्रमुख भगवान यादवलाई भेटेर महानगरको टोलीले मुख्य नाला अतिक्रमण गरेर बनाइएको संरचना हटाउन निर्देशन दिएको संयोजक चौरसियाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार
भर्खरै