काठमाडौँ,२६ असोज । इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ ।
सरकारका परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान विद्यार्थीहरुलाई लिन पठाएको थियो । आरए २२९–२३५३ को विमान शुक्रबार बिहान नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा अवतरण भएका हो ।
तेलअभिभस्थित नेपाली दूतावासका अनुसार इजरायलमा रहेका विद्यार्थीलाई उद्धार गरी ल्याइएको हो । उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी रहेका छन । भने सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ । इजरायलमा उद्धार गरिएका विद्यार्थी नेपाल फर्कने क्रममा विमानभित्र । तस्बिर सौजन्य ः परराष्ट्र मन्त्रालय बर्दियाका लुइस रिजालले कठिन अवस्थामा निरन्तर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, हौसला र आत्मविश्वास प्रदान गर्ने इजरायलीवासी नेपाली, सरकार र दूतावासप्रति आभार व्यक्त गरे ।
‘हामीलाई साथीहरूले आफ्नो जीवनदान गरेर सकुशल नेपाल पठाउनुभयो । इजरायलमा भएका घाइतेलाई साथ दिन र बेपत्ता साथीको खोजी गरिदिन आग्रह छ,’ उनले भने । स्वदेश फर्किर्एका विपिन सुवेदीले पनि विपिन जोशीको खोजीको हो ।’ स्वदेश पठाउनका लागि नेपाली दूतावासले विद्यार्थीलाई बिहीबार बिहान २ बजेदेखि नै विमानस्थलमा ल्याउन थालेको थियो । ‘हामी बुधबार राति नै रामत नेगेभबाट हिँडेका थियौं । नेगेभबाट आउन दुई घण्टाजति लाग्यो,’ नितिन भण्डारीले भने, ‘विमानस्थलमा १२ घण्टा विमानको प्रतीक्षामा बस्यौं ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विश्वविद्यालयसँग समन्वय गरी विद्यार्थीहरूको चाहनाअनुसार स्वदेश पठाइएको बताइन । ‘पहिलो प्राथमिकता विद्यार्थीलाई दिइएको छ, अब कामदारलाई पठाइनेछ,’ उनले भनिन । इजरायलमा ४ हजार ५ सय नेपाली कामदार छन ।
इजरायल-हमास युद्ध अपडेट

















