Logo

कार्तिक १२, जनकपुर । मोवाइलको विवादका कारण जनकपुरधाममा एक युवकको ज्यान गएको रहस्य खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित सोनापारा बस्ने २४ वर्षिय रुपेश महराको हत्या लागुऔषध सेवन गरी मोवाइलको विषयमा विवाद हुदाँ भएको विवादका कारण भएको हो ।

उनको हत्या जनकपुरधाम सोनापाडा बस्ने २० वर्षिय पवन सहनी र हरिचन मण्डलले गरेको धनुषा प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।

वितेको बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा रहेको धान खेतमा रुपेशको शव धनुषा प्रहरीलाई फेला परेको थियो । घटनास्थलमा अनुसन्धानका लागि धनुषा प्रहरीले ‘डग’ टोलीसमेत परिचालन गरेको थियो ।

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा समान्य विवाद भएको र सोही कारण पवन र हरिचनले रुपेशको टाउकोमा बाँसको भाटा प्रहार गरी हत्या गरी धान खेतमा शव फालेको बताए ।

उनले बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

उनीहरु बुधबार टेम्पो चढेर जटही हुँदै भारतपारी बजारमा गएर लागुऔषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिन्डा पे–पदार्थमा मिसाई सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार लागूऔषधसेवन गरी सोही रात करिब साढे ९ बजे तर्फ पुनः जनकपुरधाम आएर जनकपुरधाम उप–महानगर वडा नं. २३ स्थित बाटोमा मोवाईल सेटलाई लिएर विवाद हुँदा हरिचनले बाँसको गोलो भाटाले मृतक रुपेशको टाउकोलगायत पिठ्युमा समेत प्रहार गरी फालेको थियो ।

पवन सहनीले निज हरिचन मण्डललाई कुटपीटमा सघाएको उनको भनाइ छ । यता पक्राउ परेका दुवै जना माथि कर्तव्य ज्यान मुद्दामा म्याद गरी थप अनुसन्धान भइरहेको उनले बताए ।


सम्बन्धित समाचार