Logo

२७ मंसिर,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा कर्मचारी र सेवाग्राहीबाहेककालाई प्रवेशमा रोक लगाइएको छ । महानगरमा हिजो कोठाको विषयलाई भएको विवादलाई मध्यनजर गर्दै आज दोस्रो दिन महानगर प्रवेशमा कडाइ गरिएको हो ।

कोठाको विषयलाई लिएर भएको विवादका कारण बीरगञ्ज महानगरपालिकामा आज दोस्रो दिन पनि तनाव ग्रस्त बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको पर्सा प्रहरीले जनाएको छ ।
महानगरमा हिजोको भएको मेयर र उपमेयर समर्थकबीचका विवादका कारण महानगर आज दोस्रो दिन पनि तनाव ग्रस्त छ ।

महानगरपालिका आसपास अहिले मेयर र उपमेयर समर्थकबीच खचाखच छ । चारैतिर मेयर र उपमेयर समर्थकको भीड बढ्न थालेपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।

उनका अनुसार मेयर र उपमेयर समर्थकबीच पुनः विवाद नहोस भन्दै पर्सा प्रहरीले महानगरमा व्यापक प्रहरी परिचलान गरेको हो ।
महानगरमा पर्सा प्रहरी कमाण्डर एसपी कोमल शाहसहित डिएसपी धु्रवबहादुर श्रेष्ठको नेतृत्वमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ ।

महानगरको मुख्य प्रवेशद्वार र पछाडिको गेटसहित अन्य सबै प्रवेश पाउने ठाउँमा प्रहरी खटाइएको छ । प्रहरीले कर्मचारीको परिचय पत्र र सेवाग्राहीको कागजात जाँच गरेपछि मात्र प्रवेशको अनुमति दिइरहेको छ ।

मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कोठाको विषयलाई लिएर मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीच कुटाकुट भएको थियो ।
नगरपालिका प्रमुख र उपप्रमुख समर्थकबीच विवाद भएपछि हिजैदेखि महानगर तनाव ग्रस्त बनेको छ ।


सम्बन्धित समाचार