Logo

७ माघ,वीरगञ्ज । वीरगन्जमा जारी आठौं प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा एमइएस मावि एक सय ३२ रनले बिजयी भएको छ । आर्दशनगर क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो खेलमा एमइएसले नेपाल काभेरीलाई फराकिलो रन अन्तरले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको एमइएसले १५ ओभर खेलेर ४ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको काभेरी १५ ओभरमा ४ विकेट गुमाएर ६६ रनमै अलआउट भएको हो । दोस्रो खेलमा महम्मद जाकौला म्यान अफ दि म्याच घोषित भए ।

यसअघि आजै सम्पन्न पहिलो खेलमा मनकामना मावि दुई सय ४६ रनको विशाल अन्तरले बिजयी भएको थियो । उसले अल्पाइन स्कुललाई हराएको हो ।


सम्बन्धित समाचार