Logo

१० फागुन, बारा। बाराबाट प्रहरीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ बस्ने आलोक राय थारुको श्रीमती ३४ वर्षकी रुमा कुमारी राय थारुलाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । रुमामाथि खोटाङ जिल्ला अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको पत्रादेशानुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनायो । पक्राउ परेकी उनलाई खोटाङबाट आएको प्रहरी टोलीको जिम्मा लगाएको मधेश प्रदेशका प्रहरी प्रवक्ता श्याम महतोले जनाए ।


सम्बन्धित समाचार