Logo

१३ फागुन, पर्सा । पर्साको जिराभवानी गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ । वडा नंं. १ महादेवपट्टीको ललितपुरस्थित नेटुवा बस्तीको एक घरमा आगलागी भएको हो ।

स्थानीय मुन्ना नटको घरमा आगलागी हुँदा उनको घर जलेर पूर्ण रुपले नष्ट भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिनुभयो । आज दिउँसो १ बजे अचानक विद्युत सर्ट भई आगलागी भएको उहाँले बताउनुभयो ।

आगलागीबाट कुनै मानविय क्षती भएको छैन । आगलागीका कारण घरमा रहेको नगद, गरगहना, अन्नपात लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । आगलागीबाट ५ लाख बराबरको क्षति भएको प्रहरी बताउँछ ।

वीरगञ्जको महानगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार