Logo

१३ फागुन, वीरगञ्ज । पर्साबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१९ तिलावे पुलस्थित सडकखण्डबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी चौकी विन्दवासिनीबाट खटिएको चेकिङ टोलीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु राउत कुर्मी रहेका छन् ।

प्रहरीले चलाएको सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच अभियानमा साइकलमा सवार उनको साथबाट लागुऔषध बरामद गरेको प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए । आफ्नै शरिरमा लुकाइछिपाई राखिएको अवस्थामा कुर्मीको साथबाट लागुऔषध गाँजा १ केजी १०० ग्राम फेला परेको डिएसपी थापाले बताए ।

पक्राउ परेका कुर्मीविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार