Logo

१३ फागुन, रौतहट । रौतहटबाट प्रहरीले चार केजी लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका–१ हरैया टोल वस्ने हबिब अंसारी रहेका छन् ।

रौतहट गुजरा नगरपालिका–४ लालबकैया खोलास्थितबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चलाएको जाँच अभियानमा अन्सारीलाई चेकजाँच गर्दा उनले बोकेको ब्यागबाट चार केजी गाँजा बरामद भएको रौतहट प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया बिजयपुरमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो ।


सम्बन्धित समाचार