Logo

१३ फागुन, वीरगञ्ज । पर्सा प्रहरीले एकलाख भन्दा बढीका भन्सार छलीका खाद्यन्न सामाग्री बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईदगाह चोकस्थित सडकखण्डबाट उक्त मूल्यको सामग्री बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्ज घण्टाघरतर्फ ल्याउदै गरेको अवस्थामा सामग्रीहरु नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

प्रहरीले चिनी ५६३ केजी, खजुर १९ केजी, डिउ १६ पिस, सुजी ३५ केजी, जुत्ता ४० जोर बरामद गरेको प्रहरीले जनायो । बरामद सामानको मूल्यांकन एक लाख २६हजार १०५ रुपैँया कायम गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार