Logo

१६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित एक विद्यालयमा खानेपानीको सहज प्रबन्ध मिलाइएको छ । महानगरको वडा नंं ३२ टेढास्थित श्रीमती मनमिश्रा आधारभूत विद्यालयमा खानेपानीका लागि सहज प्रबन्ध मिलाइएको हो ।

उपकार सेवा नेपाल नामक सस्ंथाले कुल २८ हजारको लगानीमा विद्यालयमा स्टीलको रुफ ट्याङकी र धारा जडान गरेको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि सस्ंथाकी अध्यक्ष विद्या सरावगीले प्रधानाध्यापक राजाराम साहलाई उक्त सामग्री हस्तान्तरण गरिन् ।

विद्यालयमा ६ सय ३८ जना विद्यार्थी र ११ जना शिक्षक÷शिक्षिका छन् ।

कार्यक्रममा उपकार सेवा नेपाल संस्थाका सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्मा त्यस्तै विद्यालयको तर्फबाट मदनमोहन पञ्जियार, जयमङ्गल सिंह लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुसमेतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार