Logo

१६ फागुन,बारा । बाराका दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको भएको ठेक्कापाटमा कर छली भइरहेको तथ्य फेला परेको छ ।

खोलाबाट खोलाजन्य पदार्थमा लाग्ने कर असुली जालझेल भइरहेको तथ्य फेला परेको हो । दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको ठेक्कापाटा लिएका संदेश सप्लायर्सले एउटा भ्याटमा बढी गिट्टी, बालुवा, ग्रेबलको लोडिङ गराइरहेको कागजात फेला परेको छ ।

संदेश सप्लायर्सले यही १४ गते गनी हुसेन सप्लायर्स एण्ड कन्ट्रक्सनलाई दुधौरा खोलाबाट नदीजन्य पदार्थ अर्थात् मिक्स ग्रेबल बेचेको भ्याट बिल काटेका थिए ।
प्रदेश २–०३–००१ क २५४९ नम्बरको गाडीलाई बेचिएको मिक्स ग्रेबल एउटै भ्याट बिलमा यही गाडीलाई २ पटक लोडिङ स्लिप दिइएको गनी सप्लायर्सले जनाएको छ । गनी सप्लायर्सले भन्छ,‘दुधौरा खोलाबाट नदीजन्य पदार्थ लिदा एउटै भ्याट दिन्छ, त्यही भ्याट बिलबाट पटकपटक ढुवानी गर्न लगाउँछ ।’

तर खोलाजन्य पदार्थको ओसारपसार गर्दा त्यो नियमावली भने छैन् । नियमावली अनुसार एउटा भ्याट बिलमा एक पटक मात्रै नदीजन्य पदार्थ बेचबिखन गर्न पाइने व्यवस्था छ ।
तर दुधौरा खोलाका ठेकेदारले भने एउटौ भ्याट बिलमा पटकपटक नदीजन्य पदार्थ विक्री गरिरहेको छ । यही १४ गते दुधौरा खोलाबाट मिक्स ग्रेबल लिदा एउटा भ्याट बिलमा ००७९९ र ००८०० नम्बरको २ वटा लोडिङ स्लिप रसिद दिएको गनी सप्लायर्सले जनाएको छ ।

तर यो २ वटै रसिदमा भने यो दिन एउटा मात्रै भ्याट बिल दिएको अर्को एक सप्लायर्सको पनि भनाइ छ । नाम नराख्ने शर्तमा उनले भने–यो समस्या दुधौराको खोलाको मात्रै छैन्, बाराका अधिकाश खोलाका यही समस्या छन् ।
बाराका बलगंगा, पसाहा, बकैया खोलाको पनि यस्तै रवैया रहेको गनी सप्लायर्सको गुनासो छ । उसका अनुसार सबै खोलामा एउटै भ्याट बिलबाट बढी पटक बालुवा, ग्रेबलसहित नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तर सम्बन्धित निकाय भने मौन रहेको गनी सप्लायर्सको भनाइ छ । प्रशासनिक निकायको मिलोमतोमा ठेकेदारहरु भ्याट छल्ने काम गरिरहेको उनको गुनासो छ ।

तर यो आरोप गलत भएको दुधौरा खोलाका ठेकेदार रमेश घिमिरेले जनाए । उनका अनुसार आफ्नो खोलाबाट जाने सबै गाडीको हरेक पटक भ्याट बिल दिने गरिएको छ । उनले भने,‘हामीले हरेक गाडीको बिल हरेक पटक दिने गर्छौ, एउटा भ्याट बिलमा एकैपटक काम गर्छौ । त्यसकारण अन्य आरोप तथ्यहीन विषय हो ।’


सम्बन्धित समाचार