Logo

१६ फागुन,बारा । बाराबाट प्रहरीले एकलाख बढी मूल्यका सिद्रा माछा लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नंं १ पथलैया चोकबाट माछा लोड रहेको पिकअप नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीले एकलाख ६० हजार मूल्य बराबरका माछा लोड रहेको पिकअप बरामद गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा बर्दिबासबाट नवलपरासीतर्फ जादैँ गरेको ज १ च १५३९ नम्बरको सवारी रोकेर जाँच गर्दा बिलको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए ।

नियन्त्रणमा लिइएका माछासहित पिकअपलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार