Logo

फाइल फोटो

१६ फागुन,बारा । बाराको निजगढ नगरपालिकामा तीनजनाको ज्यान जाने गरि भएको बिस्फोटको घटनामा पक्राउ परेका दुईजना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले उक्त घटनामा सलंग्न रहेको आशंकामा पक्राउ गरेको एक भारतीयसहित दुई जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ ।

नगरपालिकाको वडा नम्बर ७ निजगढ बजारमा सञ्चालित रोहित मगरको वर्कसपमा सोमबार शंकास्पद विस्फोट भएको थियो । सोही घटनामा परि तीनजनाको ज्यान गएको थियो । भने थप तीनजनाको उपचार भइरहेको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा कवाडी किन्ने भारत मोतिहारीका ४० वर्षीय रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ–९ का २९ वर्षीय टिकाराम पाख्रिनलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार जैसवालले नै बिस्फोट भएको शँकास्पद वस्तु पाख्रिनसँग किनेका थिए । पक्राउ दुबैजना विरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । उनीहरुलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद पनि थप गराइएको प्रवक्ता न्यौपानेले बताए ।

बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परि घाइते भएका ६ जनामध्ये वर्कसप सञ्चालक निजगढ–५ का रेशम मगर, पर्साको वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारत गवाइका ३५ वर्षीय राकेश जयसवालसहित तीन जनाको मृत्यु भइसकेको छ ।

वर्कसपमा बिस्फोट भएको शंकास्पद वस्तु परिक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ ।


सम्बन्धित समाचार