Logo

१६ फागुन,बारा । बाराबाट प्रहरीले लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगरस्थित बारागढीबाट लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले १५ किलोग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । पक्राउ पर्नेहरुमा बाराको आर्दशकोतवाल गाउँपालिका वडा नं. बतरा बस्ने २७ वर्षका सरोज कुमार गिरी, रौतहट फतुवा बिजयपुर– ३ मेवा बस्ने ५० रामानन्द साह र सोही ठाँउका ४५ वर्षका चुलाई महरा रहेका प्रवक्त न्यौपानेले बताए ।

बारागढीबाट भारततर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुको साथबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनाविरुद्ध लागु औषध मुद्दा दर्ता गरि बारा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार