Logo

१७ फागुन,जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवले चुरे क्षेत्रमा बढ्दो अतिक्रमणका कारण वनजंगलको विनाश बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

र्दिबासमा बिहीबार चुरे स्थलगत अन्तरक्रिया तथा सचेता कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुरे क्षेत्रमा बढ्दो अतिक्रमण तथा विनाशका कारण चुरे क्षेत्र मरभूमिमा परिणत हुँदै गएको छ भने पानीको मुहानसमेत सुक्न थालेकाले जल, जंगल, जमिनको संरक्षण अपरिहार्य रहेको बताए ।

उनले तराई–मधेशमा गर्मीयाममा पानीको मुलस्रोत सुकिरहेको र चुरे क्षेत्रमा मानवीय वस्ती बढ्दा चुरे अतिक्रमण बढिरहँदा सरोकारवाला पक्षको बेवास्ताले आउने दिनमा जोखिम बढ्दै जाने भएकाले यसप्रति सजग रहन सचेत गराए ।

सो कार्यक्रममा वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका पूर्वसचिव नन्दलाल राय यादवले चुरे क्षेत्रको संरक्षण भएमा मावनीय जीवनसमेतको संरक्षण हुने भएकाले यसप्रति सरोकारवाल गम्भीर हुन जरुरी रहेको बताए ।

सो कार्यक्रममा चुरे उत्थानशील परियोजनाका लेखा प्रमुख देवकुमार यादव, समाजिक अभियन्ता शंकर फुयाल, निरज दाहाल, विशाल बस्नेत, समाजसेवी ई. संजय साह, अभियन्ता सुनिल साह, शान्या चौधरी र शर्मिला चौधरीले चुरे क्षेत्रको सरंक्षण जिवजन्तु तथा मानवीय सभ्यताका लागि अपरिहार्यता रहेको भन्दै आ–आफ्ना विचार राखेका थिए ।


सम्बन्धित समाचार