Logo

१७ फागुन, पर्सागढि । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ लक्ष्मीपुर टोलमा जंगली बाघको आक्रमण बाट आज साझ एक जना पुरुष गम्भीर घाइते भएका छन ।

पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ लक्ष्मीपुर टोल बस्ने कृष्ण प्रसाद अधिकारीको छोरा वर्ष २३ को सरोज प्रसाद अधिकारी आफ्नै घर नजिक बाघको आक्रमण बाट गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभएको छ ।

गम्भीर घाईते भएका अधिकारीको घर नजिकै आज साझ आएको बाघले उनको टाउको, दुवै हाथ र शरीरको बिभिन्न अंगमा आक्रमण गरि गम्भीर घाईते बनायको र अधिकारीको उपचारका लागी विरगञ्जको नारायणी अस्पताल बिरगंज पठाईयको प्रहरी निरीक्षक केशरीले बताउनुभयो ।

यसैगरी सोही बाघले आज मध्यान्ह पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ लक्ष्मीपुरमै तिन वटा बाख्रालाई समेत मारेको छ | पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय बन बाट निस्केको बाघले केही महिना देखि मच्यायको आतंक बाट पटेर्वा सुगौली गाउपालिका र पर्सागढी नगरपालिकाको जङ्गल आसपासको मानव बस्ती मा मानबिय तथा पशुचौपायाको ठुलो छति पुर्‍याउँदा पनि पर्सा राष्ट्रिय निकुन्ज र डिबिजन वन कार्यालय पर्सा लाई ध्यानकर्सन गराउदा समेत यस प्रति कसैको ठोस पहल र ध्यान नपुगेको स्थानीय हरु गुनासो गरेका छन् |


सम्बन्धित समाचार