Logo

२४ फागुन,बारा । बाराका सकृय पत्रकार एवं नेपाल पत्रकार महासंघ बाराका पुर्व सचिव जयनारायण यादवको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना पत्रकार सहित पाँच जनामाथी मुद्दा दर्ता गरेको छ ।

प्रहरीले पत्रकार उमेश दुबे, कलैया उपमहानगरपालिका–१० मटिअर्वाका राजु चौरसिया भन्ने चन्देश्वर चौरसिया, सन्तोष कुमार साह, गौरी मण्डल र प्रसौनी गाउँपालिका–४ खुटवाका ज्ञानेन्द्र दुबे माथी साईबर अपराध मुद्दा दर्ता गरेको हो ।

पत्रकार दुबे सहित पाँचजनाले बिश्वखबर डटकमका सम्पादक एवं नारायणी एफएमका सम्वाददाता समेत रहेका पत्रकार यादवको चरित्र हत्या हुने सामग्री सामाजिक संजाल फेसबुकमा राखेका थिए ।

करिब एकबर्ष पहिला अपहरणको शैलीमा चारजना व्यक्तिले पत्रकार यादवलाई नियन्त्रणमा लिई कुटपिट र गालीगलौज गर्दै बनाएको भिडियो पत्रकार दुबे सहितका व्यक्तिले चरित्र हत्या गर्न सामाजिक संजालमा राखेका थिए । भिडियो बनाउने व्यक्तिहरुलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर माफी मागी आईन्दा गल्ती नदोहोरयाउने शर्तमा छोडेको थियो ।

पत्रकार दुबे जनगुनासो डेली अनलाइन पत्रिकाका प्रबन्ध निर्देशक हुन । दुबे वीरगन्जको माई टेलिभिजनमा पनि आबद्ध छन । मुद्दा दर्ता भएकाहरु मध्ये पत्रकार दुबे सहित अन्य फरार छन । पक्राउ परेका चौरसियामाथी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो ।


सम्बन्धित समाचार