Logo

२४ फागुन,वीरगञ्ज । पर्सा स्टारर्स वीरगञ्ज सुपर लिग सिजन २ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनल खेलमा पर्सा वारियसर्सलाई ४ विकेटले हराउँदै पर्सा स्टारर्स सेमिफाइनलमा प्रवेश गरेको हो । वीरगञ्जको नारायणी स्टेडियममा पर्सा वारियसर्सले दिएको लक्ष्य पर्सा स्टारर्सले ६ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पर्सा वारियसर्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर एकसय २९ रन बनाएको थियो ।
खेलमा समसाद अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार