Logo

२७ फागुन,सर्लाही । सर्लाही प्रहरीले ४ राउण्ड गोलीसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउण्ड गोली सहित दुई जनालाई पक्राउ सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मंलगवा नगरपालिकाका पोसन महरा राम र बागमती नगरपालिका निवासी बस्ने रञ्जित राम छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटाइएको टोलीले गरेको छड्के जाँचमा नीहरूलाई पक्राउ गरेको हो ।

शंकरपुर बाट सोल्टी तर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले जनाए ।
सर्लाही प्रहरीका अनुसार २१ वर्षीय पोसन महरा रामको साथबाट ८ एमएम को ४ राउन्ड गोली बरामद भएपछि उनीसंग गरिएको सोधपुछमा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो ।


सम्बन्धित समाचार