Logo

१३ चैत,काठमाडौँ । काठमाडौँमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रनको योगदान गरे। कुशल मल्लले ३४, कप्तान रोहित पौडेलले ३३ तथा कुशल भुर्तेलले २५ रन जोडे। सन्दिप जोराले पालीको अन्तिम बलमा क्याच आउट हुनुअघि २१ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका लागि म्याथ्यू फोस्टरले ३ विकेट र बेन ह्वाइटले २ विकेट लिए।

आयरल्याण्ड ए विरुद्धको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन्।

अनिल शाह र विवेक यादव टोलीमा अटाउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई बेन्चमा राखिएको छ।

नेपाल आज लगातार दोस्रो खेल पनि जित्दै सिरिज नै कब्जा गर्ने दाउमा छ। हिजो भएको पहिलो खेलमा नेपालले उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो।


सम्बन्धित समाचार