Logo

०१ जेठ, मुम्बई । भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा च्यापिएर मर्नेको संख्या १४ पुगेको छ ।

मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो । उक्त घटनामा परी १४ जनाको मृत्यु भएको छ । भने ७४ जनालाई जीवितै उद्धार गरिएको छ ।

७० ५० मिटर ठूलो यो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो । त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए ।

घटनास्थलमा गएराति अबेरसम्म उद्धारकार्य जारी थियो ।

सोमबार साँझ मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरेका थिए ।

उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

मुम्बईमा हावाहुरीले होडिङ्ग बोर्ड खस्दा ४ जनाको ज्यान गयो


सम्बन्धित समाचार