Logo

२८ जेठ, जनकपुर । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जसपा अहिले चुनौतीको सामना गरिरहेको बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनका अनुसार तर त्यसको बाबजुद पनि जसपा अहिले हिम्मत हारेको छैन । उद्घाटन शत्रमा बोल्दै उनले भने,‘ जसपा अध्यक्ष यादव अहिले चुनौतीका बिचबाट अगाडि बढिरनु भएको छ, चुनौतीको सामना गर्ने आँट गर्नु भएको छ । उपेन्द्रजीले खुट्टा कमाउनु भएको छैन, यही हौसलाका साथ अगाडि बढ्नुहो ।’

उनका अनुसार हिजो समाजवादी मोर्चामा पनि हामी संगै थियौं अहिले हाम्रो ध्येय पनि एउटै छ, त्यसकारण विचार विचार र मन मिलेकाले जसपालाई एकैसाथ अगाडी बढ्नु पर्छ ।

‘देश विकासका लागि समृद्धिका लागि विचार र मन मिल्नेसंग हामी सहकार्य गरेर अगाडि बढ्छौं,’ उनले भने ।

‘मैनै क्या पाया’ वाक्या पछिल्लो समया राजनीतिकमा हाबी भएको उनको भनाइ छ । त्यसकारण अब हामीले मिलेर देश समृद्धिका लागि यो प्रवृतिको राजनीतिको अन्त्य गर्नुपर्ने जरुरी रहेको अध्यक्ष नेपालले आग्रह गरे ।


सम्बन्धित समाचार