Logo

१ असार,वीरगञ्ज । मधेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ । सदनमा बजेट प्रस्तुत गर्नु भन्दा अगाडि मन्त्रीपरिषद्ले स्वीकृति दिनुपर्ने नीति अनुरुप साँझ बसेको मन्त्रीपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गर्न स्वीकृति दिएको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ अनुमानित आय व्ययसहितको बजेट मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको प्रदेशका मन्त्री युवराज भट्टराइ (समीर) ले जनाए ।

उनका अनुसार अहिले भर्खरै मन्त्रीपरिषद्को बैठकले बजेट स्वीकृत भएको हो, अब केहीबेरमै सो बजेटलाई प्रदेश सभामा प्रस्तुत गरिनेछ ।


सम्बन्धित समाचार