Logo

६ असार,वीरगञ्ज । पूर्व कोसीदेखि लुम्बिनी प्रदेशसम्म मनसुन फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले बिहीबार बुलेटिन जारी गरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुन पुगेको जानकारी दिएको हो।

बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८१/०३/०६ (२० जुन) गतेका दिन कोसी प्रदेशको बाँकी भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको छ।’

अब देशका बाँकी स्थानमा मनसुन भित्रिन अझै केही दिन लाग्ने मौसम महाशाखाले जनाएको छ।

नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा तीन दिन छिटो जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो।


सम्बन्धित समाचार