
१० असार,वीरगञ्ज । सरकारले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मज्त्री रेखा शर्माले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख स्थानीय तहले पाउने बताइन् ।
वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरणको माग गर्दै देशभरका जनप्रतिनिधिहरुले माग गर्दै आाएका थिए ।