Logo

फाइल फोटो

१९ असार,वीरगञ्ज । पर्सा प्रहरीले जगरनाथपुरमा गाउँपालिकामा हत्या गरी गाडिएको शव प्रकरणमा संलग्न आफन्तलाई पक्राउ गरेको छ ।

बाराका दुइ जनाको हत्या गरी जगरनाथपुर गाउँपालिकाको ओरिया खोलामा शव फालेको चर्चित घटनामा संलग्न तीन जना नातेदारलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको २४ औं दिनमा हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । प्रहरीले महादेव महतोसहितका परिवारिक नाताभित्र पर्नेहरुलाई पक्राउ गरेको अनुसन्धानमा संलग्न उच्च स्रोतले बताएको छ ।

पक्राउ परेकाहरुलाई सबुतप्रमाणसहित आज साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी जनाएको छ । गएको २५ गते बाराका २ जनालाई हत्या गरी जगरनाथपुर गाउँपालिकाको ओरिया खोला नजिकै गाडिएको थियो ।

शव देखेपछि स्थानीयले दिएको सूचना अनुसार प्रहरीले सोही दिन २ वटै शव निकालेको थियो । ओरिया खोला नजिकबाट प्रहरीले बारा कलैया उपमहानगरपालिका निवासी ६० वर्षीय रामएकवाल पण्डित र आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ७ का ठाकुर लोहारको शव फेला पारेको थियो ।

हत्या भएको २४ दिनमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


सम्बन्धित समाचार