Logo

३० असार, वीरगञ्ज । भारतको उडिसामा आज ४६ वर्षपछि पुरीको जगन्नाथ मन्दिरको रत्न भण्डारको कोष खोलिदै छ ।

ओडिशा सरकारले ४६ वर्षपछि आज फेरि जगन्नाथ मन्दिर अर्थात रत्न भण्डारको कोष खोल्ने भएको हो । यस खजानामा रहेका गहना र अन्य बहुमूल्य वस्तुहरूको सूची तयार गरिनेछ।

कानूनमन्त्री पृथ्वीराज हरिचन्दनले विश्वभर बसोबास गर्ने भगवान जगन्नाथका भक्तहरु लामो समयदेखि यही क्षणको प्रतीक्षामा रहेको बताएका छन् ।

गहनाको गुणस्तर जाँच गरिनेछ र मूल्यवान वस्तुहरूको तौल गरिनेछ। त्यहाँ सर्पको उपस्थिति हुने गरेकोले यस खजानालाई लिएर मेडिकल टिम अलर्टमा छ ।

एजेन्सीका अनुसार यस खजानाको मूल्यवान वस्तुको सूची अनुगमन गर्न प्रदेश सरकारले समिति गठन गरेको छ । यस समितिका अध्यक्ष न्यायमूर्ति विश्वनाथ रथले भारतीय समय अनुसार आज दिउँसो १ः२८ बजे जगन्नाथ मन्दिरको रत्न भण्डार खोलिने जानकारी दिए ।

ओडिशा उच्च अदालतका पूर्व न्यायाधीशले भने कि बहुमूल्य सामानहरू अस्थायी रूपमा राख्ने ठाउँ पनि तय गरिएको छ। पुरी जगन्नाथ मन्दिरमा सर्प विज्ञ तयार छन् । मन्दिरको रत्न भण्डारको भित्री भागको ताला खोल्ने तयारी भइरहेको छ ।


सम्बन्धित समाचार