Logo

फाइल फोटो

२४ साउन,वीरगञ्ज । पर्सा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई ) को ग्रेड वृद्धि परीक्षाको आज दोस्रो दिन  नेपाली विषयको परीक्षा सञ्चालन हँुदैछ ।

बुधबारदेखि (हिजो) देखि सुरु भएको परीक्षाका लागि चार हजार भन्दा बढी परीक्षार्थी सहभागी भएको जनाइएको छ । साउन ३१ गतेसम्म चल्ने एसइई ग्रेड वृद्धि परीक्षाका लागि जिल्लाबाट भरका १ सय ३० वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी रहेको जिल्ला शिक्षा तथा समन्वय एकाइ पर्साले जनाएको छ ।

जिल्ला शिक्षा तथा समन्वय एकाइका प्रमुख मोतीप्रसाद भट्टराइका अनुसार जिल्लाभरबाट ६ हजार ५६ जना परीक्षार्थीको फेल (एनजी) भएका थिए । जसमध्ये चार हजार ७९४ जना विद्यार्थीले मात्र फारम भरेका उनी बताउँछन् ।

एसइईको ग्रेड वृद्धि परीक्षाका लागि पर्सा जिल्लामा १४ वटा केन्द्र तोकिएको छ । जिल्लाभर ग्रेडवृद्धिको परीक्षाका लागि फराम भर्नेहरुमा सबैभन्दा बढी गणित विषयका विद्यार्थी छन् । माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेड वृद्धि पूरक परीक्षा साउन २३ गते ११ बजेबाट सुरु भएको छ । विद्यार्थीहरुले हिजो पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएका थिए ।

हिजो पहिलो दिनको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको प्रमुख भट्टराइको भनाइ छ । परीक्षाको अनुगमन पर्साका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरीका प्रहरी प्रमुख, शिक्षा बिकास तथा समन्वय एकाइ प्रमुखहरु लगायतबाट भइरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै