१४ पुस, रौतहट । नेकपा (माओवादी केन्द्र) रौतहटका इञ्चार्ज युवराज भट्टराई ‘समिर’ को ‘जनतासँग–माननीय–भेटघाट’ अभियान निरन्तर जारी रहेको छ । रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (१) बाट निर्वाचित नेता प्रदेसभा सदस्य समिरले आफूलाई मतदान गरेर निर्वाचित गराउने मतदाताहरुसँग निरन्तर भेटघाट जारी राखेका हुन् ।
जनतासङ्ग–माननीय–भेटघाट)एवम्–अन्तर्कृया अभियानकै क्रममा शनिबार चन्द्रपुर नगरपालिका वडा नम्बर–६ स्थित बेल्डी टोलका जनतासँग उनले भेटघाट गरेका छन् । मधेस प्रदेश सरकारका पूर्व उद्योग बाणिज्य तथा पर्यटन मन्त्री समेत रहीसकेका युवराज भट्टराई ‘समिर’ ले जनगुनासो सुन्दै आफ्ना भनाईहरु समेत राखेका छन् । भनाई राख्ने क्रममा प्रदेशसभा सदस्य भट्टराईले आफ्नो क्षेत्रका जनताको समस्या समाधानमा आफू कटिबद्ध रहेको बताए ।
उनले जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने तथा सधैं आफूलाई जनतासँगै बसेर जनताको काम गर्न निर्वाचित गरेको हुँदा आफ्ना क्षेत्रका मतादाताहरुको समस्यामा आफू सधैं साथ रहेको बताए । अभियानमा वडा अध्यक्ष सहदेव केसी, सामाजिक व्यक्तित्व र पार्टी जिम्मेवार नेताहरुको समेत सहभागिता रहेको थियो ।