Logo

१३ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–३० परसौतीपुर टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सम्यक फाउन्डेसनको आयोजना र वीरगञ्ज भोलेण्टियरको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको मधेश प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले रगत दान गरेर उदघाटन गर्नुभएको थियो । रक्तदानमा ३६ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको रगत दान गरेर उदघाटन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सांसद अन्सारीले रक्तदान कार्यक्रमहरूले स्थानीय स्तरमा रक्तदानको महत्वबारे जागरूकता फैलाउँदै, आपूर्ति र आवश्यकताको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सबैको उत्साह र सकारात्मक सक्रियाताले समुदायले धेरै जीवनहरू बचाउन अझ ठूलो योगदान दिन सक्ने आशा गरेको अन्सारीले बताए ।
उनले रक्तदान गरेर यस अभियानमा मेरो सानो योगदान दिने प्रयास गरेको उल्लेख गर्दै स्थानीय समुदाय र विशेषगरी युवाहरूको जोश र समर्पणले निकै प्रभावित बनाएको बताए ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका अन्सारीले रगतको अभाव र आवश्यकताबीच हुने असन्तुलनले धेरै बिरामीहरूले कष्ट भोग्नुपरेको अवस्थामा रक्तदानले यसलाई सहज बनाउनेमा विश्वस्त रहेको बताए ।

 


सम्बन्धित समाचार