Logo

२७ फागुन, काठमाडौं। रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी ९तिलक०को मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् ।

सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् । ४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएको उनका आफन्तसमेत रहेका सुनछहरी गाउँपालिका वडा नं। ५ का सदस्य बेगम बुढाथोकीले बताए ।

तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए । ‘सम्पर्कबाहिर भएदेखि नै केके गरेर हुन्छ हामीले जोडिन खोजेका थियौं । पहिले कुराकानी भएका उसका साथीहरूसम्म पुग्यौं । पछि पल्टनले नै उनले सहादत प्राप्त गरेको खबर पठाएपछि हामीलाई पनि जानकारी आयो’, उनले भने ।

तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् । दाजु खगेन्द्रले अगाडि भने, ‘अवैध तरिकाले गएको मान्छे उतै हरायो । अब लास आउने बाटो पनि छैन भने आश गरेर बस्ने कुरा पनि भएन । हिजैबाट हामीले काजकिरियाको काम थालिसक्यौं ।’

तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए ।

‘छोरोको चिन्ताले उनका बुवाआमाले नै जागिर छोड्न लगाउनुभयो । जागिर छोडेर केही समय गाउँमै खाली बसे’, बेगमले अनलाइनखबरसँग भने, ‘पछि घरपरिवारलाई थाहै नदिई रुस गएका थिए ।’ बेगमका अनुसार तिलक २०६३र०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीचबाटोबाटै फर्किएका थिए ।


सम्बन्धित समाचार