
२७ फागुन,वीरगञ्ज । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ठाकुरराम बहुुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को प्यानल नै उम्मेदवारी दर्ता गरेको छ । स्ववियु सभापतिमा अनिस पटेल र सम्शेर अन्सार सचिवल र भारती पटेल कोषाध्यक्षमा उम्मेदवारी दिएको पूर्व अखिल क्रान्तिकारी नेता प्रभाकर गुप्ताले जानकारी दिए ।
उनका अनुसार सदस्यहरुमा रविन्द्र कुमार गुप्ता, धर्मेन्द्र दहित थारु, अंशुु कुमारी सहनी, भागरती कुमारी पासवान, श्रवण कुमार, प्रदीप पटेल, राकेश कुमार, निर्मल यादव, सुलभ सहनी गरी ११ जनाले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । १० जना समानुपातिक उम्मेदवार रहेका छन् ।
२१ सदस्यीय स्ववियु समितिमा समानुपातिकबाट उपसभापतिमा प्रदीप पटेलले एकजना सहसचिवमा उम्मेदवारी दिएका छन् । यस्तै वीरगन्ज नर्सिङ कलेजमा अखिल क्रान्तिकारीबाट कविता आचार्य, सचिव सरस्वती श्रेष्ठ र कोषाध्यक्ष अञ्जु सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रत्यक्षबाट पाँचजना सदस्य र समानुपातिकाबाट सातजना सदस्यको उम्मेदवारी परेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमदले जानकारी दिए ।