
२७ फागुन,काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुवै जनालाई ३५ हजार घुस रकमसहित पक्राउ गरेको स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।