Logo

९ चैत,महोत्तरी । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले आफ्नो गृह जिल्ला महोत्तरीमा विकास निर्माण कार्यलाई तीव्रता दिएका छन्। स्थानीयको माग अनुसार विद्यालय भवन, सडक ढलान, सामुदायिक भवन, मन्दिर, मदरसा र मस्जिद निर्माणका लागि विशेष बजेट विनियोजन गरी उनले शिलान्यास कार्य सुरु गरेका हुन्।

शुक्रबार मन्त्री यादवले बर्दिवास नगरपालिका वडा नं. १ मा ३५ लाखको लागतमा हाइवे सडकदेखि तिलधारी साह तेलीको घर हुँदै हेमप्रसाद वाग्लेको घरसम्मको सडक ढलानको शिलान्यास गरे। सो कार्यक्रममा पूर्वमन्त्री शारदादेवी थापा, शंकर महतो, रुद्र किङरिङलगायत स्थानीय जनताको उपस्थिति थियो।

त्यसैगरी, बर्दिवास नपा ४ विष्णुएग्रे टोलदेखि ओरालो कल्भर्ट फारलाइनसम्मको २५ लाखको सडक ढलान योजना र बर्दिवास नपा ८ भपसी खोलामा ४५ लाखको तटबन्ध निर्माण योजनाको पनि मन्त्री यादवले शिलान्यास गरे। यी योजनाहरूले स्थानीय जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

मन्त्री यादवले विकास निर्माणका कार्यमा सक्रियता बढाउँदै स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “हामी जनताको सेवामा समर्पित छौं र उनीहरूको आवश्यकताअनुसार विकासका योजनाहरू कार्यान्वयन गर्नेछौं।“

यी योजनाहरू सम्पन्न भएपछि स्थानीय जनतालाई आवतजावतमा सहजता हुनुका साथै बाढीपहिरोको जोखिम पनि कम हुनेछ।


सम्बन्धित समाचार