३१, जेठ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।
पार्टीभित्र दबाब सिर्जना गर्न र विशेष महाधिवेशनपछि देखिएका सांगठानिक कमजोरी सच्याउन भन्दै यो समूहले ‘शक्ति प्रदर्शन’ स्वरूप भेलाको आयोजना गरेको हो ।
भेलामा नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार लगायत कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले बताउनु भयो ।
महामन्त्री भूपेन्द्र राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाउनुभएको छ ।
इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाएका जनाउनु भएको छ ।
















