
९ चैत,चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुन नदिने बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत शनिबार चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘हामीले सम्पूर्ण रूपमा परास्त गर्ने छौँ। हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’
उनले संविधानलाई मूर्त बनाउनका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने धारणा राखेका छन्। प्रतिक्रियावादीलाई परास्त गरेर संविधानलाई सफल बनाउनुपर्ने समय आएको उनले बताए। साथै प्रचण्डले सरकारको भ्रष्टाचारका कारण प्रतिक्रियावादीहरू सल्बलाएको समेत बताए।