Logo

९ चैत,वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटिको अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार महानगर कमिटिले संगठनका लागि तीन महिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

वीरगञ्जको क्लासिक ब्याकेटमा आज आयोजित कार्यक्रमको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मधेस प्रदेश, जिल्ला र महानगर कमिटिका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले जानकारी दिए ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समसामयिक विषयमा जानकारी गराउनुका साथै पार्टी संगठनलाई थप बलियो बनाउने उद्देश्य अभिमूखीकरणको रहेको उनले बताए । कार्यक्रममा महासचिव पोखरेलले पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै नेता कार्यकर्ताहरूलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।

उनले पार्टीलाई थप सुदृढ बनाउन र जनताको सेवामा समर्पित हुन आग्रह गरे । महानगर कमिटि अध्यक्ष राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठ, पर्सा इञ्चार्ज प्रभुख हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सुन्दर कुर्मीले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार