Logo

९ चैत,वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगञ्जको मेन रोड २५–२५ मिटर फराकिलो बनाउन आवश्यक नरहेको बताएका छन्। नेकपा एमाले वीरगञ्ज महानगर कमिटिको अभिमूखीकरण कार्यक्रम बोल्दै मन्त्री गुप्ताले सडकको वर्तमान अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भने, “सडक फराकिलो बनाउनु विकासको एउटा पाटो हो, तर यसको आवश्यकता र औचित्य पनि हेर्नुपर्छ। अहिलेको अवस्थामा वीरगञ्जको मेन रोड २५–२५ मिटर फराकिलो बनाउन आवश्यक देखिँदैन” मन्त्री गुप्ताले भने अहिले मेन रोड २५–२५ मिटर तोडीयो भने धरै जस्तै मानिस घर बिहीन हुने भएकोले कमसे कम क्षति हुने गरी सकेसम्म १२ या १५ मिटर फराकिलो बनाउदा वीरगञ्ज र वीरगञ्जवासी दुबैको हित हुन्छ ।”

भौतिक पूर्वाधार तथा यातायत मन्त्री आफनै पार्टीकोले मन्त्री गुप्ताले सडक विस्तारको योजनामा पुनर्विचार हुने संकेत दिएको छ। सडक फराकिलो बनाउने योजनालाई लिएर स्थानीय बासिन्दाहरूले फरक–फरक धारणा राख्दै आएका छन्। केहीले सडक साँघुरो भएका कारण ट्राफिक जामको समस्या बढेको बताउँदै फराकिलो बनाउनुपर्ने माग गरेका छन् ।

भने केहीले यसले स्थानीय व्यवसाय र घरहरूलाई असर गर्ने भन्दै विरोध गरेका छन्। देशकै प्रमुख व्यापारिक शहर वीरगञ्जको सडक विस्तार विरुद्ध दर्ता भएको रिट निवेदन सर्वोच्चमा १२ वर्षदेखि विचाराधीन मुद्दा गत फागुन २८ गते सर्वोच्च अदालतलका न्यायधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको छ ।

यसको पूर्णपाठ भने आउन बाँकी रहेको छ । यसअघि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगञ्जको विकासमा पार्टीको साथ रहेको बताउदै वीरगन्जको बाहिरी सडकहरु ठूला ठूला निर्माण भईसकेकोले सहर बिग्रिने गरी भत्काउनुपर्ने आवश्यकता चाहिँ नहुने बताएका थिए ।

उनले भनेको कुरालाई लिएर यहाँका केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना गरेका थिए । तर, शनिबार सरकारकै बहालवाला मन्त्रीले दिएको अभिव्यक्ति पनि प्रचण्डकै लाईनमा देखिएको छ । यद्यपि सर्वोच्च अदालतले रिट खारेज गरेको अवस्था र पूर्णपाठ आउन बाँकी रहेको अवस्थामा भत्काउनै पर्ने आवश्यकता नदेखिएको भन्ने आशय सहित आउनसक्ने पनि सम्भावना देखिएको छ ।


सम्बन्धित समाचार