
११ चैत,काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । केही बेरअघिदेखि सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीनै दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ । यस बैठकअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए ।