
२२ सेंढवा, चैत । पर्साको ग्रामीण भेगमा किसानहरुले भित्रियाउदै गरेका गहुको मूल्यमा बृद्धि हुदा किसानहरु हर्षित भएका छन। गत बर्षको तुलनामा यस पाली गहुँको मूल्यमा बृद्धि हुँदा किसानहरु हर्षि भएका हुन्
गहुँबालीको मूल्य बृद्धि
ग्रामीण भेगमा पोर साल चार हजार रुपैया प्रति क्विंटलको दर गहुको मूल्य शूरु भएका थिए। पछि सो गहुको मूल्य तीन हजार सात रुपैया प्रति क्वीन्टलसम्म झरेका थिए। तर यस बर्ष गहुको मूल्य चार हजार पाच सय रुपैया प्रति क्वीन्टलको दरले शुरु भएका जिराभवानी गाँउपालिका वडा नं २ सेढवाका बाली खरिद गर्ने व्यापारी धर्मराज यादवले बताएका छन। आज बिहिवार किसानहरुले उत्पादन गरेका गहुबाली चार हजार दुई सय पचास रुपैया प्रति क्विंटलको दरले खरिद गरेको व्यवसायी यादवले बताए। यादवको अनुसार किसानको खेतबाट गहु जोखेर ट्याक्टरमा लोड गरी ल्याउने, फेरी गोदामबाट लोड गरी बीरगंज बिक्रीका लैजाने गरेको बताए। खटाएको ज्यामीको ज्याला, ढुवानी गरे बापत प्रति क्वीन्टल एक सय रुपैया लिने गरेको यादवको भनाई रहेका छन।
गहुँको मूल्य बृद्धिसँगै हार्भेस्टर मेशिनको भाडा सस्तियो
कृषि कार्यमा परियोजन हुने आधुनिक मेशिनहरुको बिकाससँगै धानबाली र गहुबाली भित्रियाउन हार्भेस्टर मेशिन आएका छन्। जसले गर्दा किसानहरुलाई बाली भित्र्याउन निकै सहज भएको छ। पर्साको ग्रामीण भेगमा ५÷६ बर्ष अगाडी हार्भेस्टर मेशिन आउँदा किसानहरुले महंगो भाडा तिर्दै आएका थिए। तर यसपाली गहुँको भाऊ बढेको र यस क्षेत्रमा हार्भेस्टर मेशिनको संख्या बढेकोले भाडा सस्तिएको किसानहरुको बुझाई छ। यस क्षेत्रमा एक बिघा गहुँ भित्र्याउन दुई क्वीन्टलदेखि एक क्वीन्टलसम्म हार्भेस्टरको भाडा लिने गरेको छ। त्यस्तै एक बिघा गहुँ काटे वापत बढीमा ६ हजार र कम्तीमा चार हजार रुपैया तिर्नुपरेका किसानहरुले बताए। गत बर्षको तुलनामा २५ देखि ५० प्रतिशतले भाडामा कमि भएको छ ।
धानको मूल्यमा कमी
गत बर्षको तुलनामा यस बर्ष धानको भाऊ घटेको छ। धान भित्र्याउने कार्तिक महिनाको समयमा सोना मन्सुली धानको भाऊ तीन हजार तीन सय र मनी मन्सुली धानको तीन हजार दुई सय रुपैया प्रति क्वीन्टल रहेका किसानहरुले जनाएका छन्। कतिपय धानको मूल्य बृद्धिको आशामा धानलाई भण्डारण गरी राख्ने गर्दछन। तर यस बर्ष धानको भाऊ नबढेका कारण किसानहरुले हालसम्म बिक्री गर्न पाएका छैनन्। गत बर्ष फागुन महिनाको अन्तिम सातामा सोना मन्सुली धान चार हजार एक सय र मनी मन्सुली धानबाली चार हजार प्रति क्वीन्टलको दरले किसानहरुले बिक्री गरेका थिए। तर अहिले चैत्र महिनाको अन्तिम सातामा सोना मन्सुली धान तीन हजार पाच सय र मनी मन्सुली धान तीन हजार चार सय रुपैया प्रति क्वीन्टलको दरले खरिद बिक्री गर्नु परिरहेको किसानहरुले गुनासो गरेका छन।