Logo

२१ बैशाख, वीरगञ्ज । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यो कार्यक्रमले बीमा क्षेत्रको सेवामुखी भावनालाई थप बलियो बनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रदेशिक कार्यालय बिरगंज शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख दशरथ झाले अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान गर्नेहरूमा ३ जना महिला उषा देवीसहित राजु साह, कमल बराल, जटा संकर मुखिया, अभय कुमार साह लगायत अन्य सहभागी थिए। कार्यक्रममा शाखा प्रमुख चिरञ्जीवी मिश्रा, पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय सदस्य महेन्द्र यादव र बिमा अभिकर्ता संघ बिरगंजका अध्यक्ष कमरुलहक मियाको विशेष उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रमलाई सफल बनाउन नेपाल रक्तसंचार केन्द्र, बिरगंजका प्राविधिक जितेन्द्र कुश्वाहा, मनिष गुप्ता, लिलाधर साह लगायतले प्राविधिक सहयोग उपलब्ध गराएका थिए। साथै, नेपाल रेडक्रस सोसाइटी, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको पनि कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत मूल्यमान्यताको रूपमा आत्मसात गरेको छ। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक हितका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। आर्थिक सुरक्षा प्रदान गर्नुका साथै सामाजिक सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्नु कम्पनीको प्रमुख लक्ष्य रहेको बताइएको छ।


सम्बन्धित समाचार